२०८३ असोज २८ गते | 14th of October 2026

उत्तर कोरियाले गर्यो ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २२ गते १४:४३

        एजेन्सी  –  उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ।   नयाँ वर्ष सुरु भएयता उत्तर कोरियाले गरेको यो प्रमुख अस्त्र परीक्षण हो। सरकारी समाचारसंस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निसानामा ‘ठ्याक्कै प्रहार’ गरेको थियो। यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो। हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बलिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने बताइन्छ।

 प्योङ्याङको सैन्य सामर्थ्य अभिवृद्धि गर्ने प्रतिबद्धता किम जङ-अनले गरेपछि यो पछिल्लो परीक्षण भएको छ।