२०८१ जेठ ४ गते | 17th of May 2024

युक्रेन सङ्कटबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे युरोपेली नेताहरूसँग भिडियो कन्फरेन्समार्फत् छलफल

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ११ गते १५:०९

अमेरिका –  युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ। युरोपेली नेताहरूसँग राष्ट्रपतिको सुरक्षित भिडियो कल ३ः०५ बजे शुरु भएर ४ः२५ बजे  सकिएको, प्रेस पुल रिपोर्टले सोमबार साँझ उल्लेख गरेको छ। बैठकमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी, नेटोका महासचिव जेन्स स्टोल्टेनबर्ग, पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडा र बेलायतका प्रधानमन्त्री बोरिस सहभागी हुनुहुन्थ्यो ।

रुस र युक्रेन बीचको तनावले सिमाना नजिक सेनाको निर्माणको बीचमा युक्रेनलाई सम्भावित आक्रमणबाट रोक्न थप सैन्य सहायता प्रदान गर्ने सहित युरोपेली सुरक्षा स्थितिमा अमेरिकाको थप संलग्नताको बारेमा छलफल भएको जनाइएको छ। यता रुसले भने आफूले कुनै देशमा आक्रमण नचाहेको स्पष्ट पारेको छ ।  त्यसैगरी नेटोलाई चेतावनी दिँदै आफ्नो देशको सिमाना नजिकको नेटोका सैन्य गतिविधिहरू राष्ट्रिय सुरक्षाको खतराको रूपमा लिएको जनाएको छ।

रासस