२०८३ साउन ८ गते | 24th of July 2026

रुसले मद्दत भागेको भन्ने दाबी ‘मिथ्या सूचना’ भएको चीनको भनाइ

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ३० गते १२:२९

    काठमाडौं   –  रुसले युक्रेनमाथि जारी आफ्नो आक्रमणका लागि बेइजिङसँग सैन्य सहयोग उपलब्ध गराउन माग गरेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले बताएको छ। नाम उल्लेख नगरेका अधिकारीहरूले विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूलाई रुसले चीनसँग युक्रेनमा जारी आक्रमणका लागि सहयोग उपलब्ध गराउन अनुरोध गरेको बताएका थिए।

त्यसप्रति प्रतिक्रिया जनाउँदै अमेरिकाले मस्कोलाई समर्थन जनाए बेइजिङले ‘कठोर परिणाम’ सामना गर्नुपर्ने चेतावनी दिएको थियो। तर बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उक्त लडाइँमा चीनको भूमिकाबारे वासिङ्टनले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको आरोप लगाए। उनले चीनले शान्ति र संवादका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेकोमा जोड दिएका छन्।