२०८१ वैशाख १६ गते | 28th of April 2024

कान्छी श्रीमती भित्राएको केही भित्रै श्रीमान श्रीमती एउटै पासोमा बेरिए

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते १७:१३

काभ्रे, १२ साउन । धुलिखेल नगरपालिका वडा नम्बर ८ बडाल गाँउमा एक दम्पति रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन । सेतीकाठ नामको रुखमा झुण्डिएको अवस्थामा सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविन राईले जानकारी दिए ।

उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै सेतीकाठ भन्ने रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ । घरमा जेठी श्रीमती हुँदाहुँदै सोमप्रसादले केही दिनअघि मात्र धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए ।

केही दिनअघि कान्छी श्रीमतीको रुपमा मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्धा हालेपछि सोमप्रसाद र मनिषा दुबै तनावमा रहेको परिवार श्रोतले जनाएको छ । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । मनिषा भने जिल्लाकै काभ्रे क्याम्पसमा कक्षा १२ मा पढ्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *