२०८१ वैशाख १५ गते | 27th of April 2024

चलचित्र ‘म यस्तो गीत गाउछु’लाई पछि पार्दै ‘प्रेमगीत-२’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १९ गते १६:५३

उपत्यकाका अधिकांश हलहरुमा यतिबेला चलचित्र प्रेमगीत २ प्रदर्शनमा आइरहेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेम गीत २ ले राम्रो व्यापार गरेको छ । प्रदर्शनको सुरुवातीमा नै यस चलचित्रत्रले राम्रो व्यापार गर्न सफल भएको छ । यस अघि प्रदर्शनमा आएको चलचित्र म यस्तो गीत गाउछुलाई समेत यस चलचित्रले पछाडी पारेको छ । प्रेम गीत २ हलमा नआउन्जेल म यस्तो गीत गाउछुले निकै राम्रो व्यापार गरेपनि प्रेम गीत २ प्रदर्शनमा आएपछि अधिकांश दर्शकहरुले प्रेम गीत २ लाई नै रुचाएका कारण म यस्तो गीत गाउछु चलचित्र विस्तारै पाखा लाग्न लाग्न थालेको छ । राजधानीका प्राय सबै हलहरुमा प्रेमगीत आएपछि म यस्तो गीत गाउछु चलचित्र हेर्नेको संख्या कम भएको छ । जसका कारण म यस्तो गीत गाउछुले लामो समयसम्म हलमा टिक्न नसक्ने देखिन्छ ।
हुन त दुवै चलचित्र एक आपसमा राम्रा छन । प्रेम गीत २ भन्दा आफनो चलचित्रको व्यापार बढाउन म यस्तो गीत गाउछु को टोलिले प्रचारप्रसार गर्ने शेली पनि छुटै अपनायो । यो चलचित्रलाई हाइटमा ल्याउन सडकमा माइकिंग समेत गरियो । तीन तीन वटा भ्यानमा ब्यानर राखेर सडक सडकमा माइकिं समेत गरियो । यसरी माइकि गर्नेमा अरु कोही नभएर चलचित्रका मुख्य आकर्षक ब्यक्ति मानिएका नायक पल शाह र नायिका पुजा शर्मा नै थिए । दर्शकहरुको साथ लिनलाई उनीहरुले यो शैली अपनाएका थिए ।
अन्तत अकबरी सुनलाई कसि लगाउनु पर्दैन भने भैm नेपाली दर्शनकले प्रष्टै छुटटाइ दिएका छन । प्रेम गीत २ हलमा नआउन्जेल जति व्यापार गर्यो त्यति ब्यापार गर्न सकेको देखिदैन म यस्तो गीत गाउछुले । सुरुवामा भने यस चलचित्र रेकर्ड नै तोडयो । तर पछिल्लो व्यापार सन्तोजनक नभएको जानकारीमा आएको छ । यो चलचित्र चल्नुमा पल शाह नै मुख्य आकर्षक पात्र बनेका साथ पल शाहको नेपाली दर्शकहरुमा राम्रो क्रेज भएका कारण चलचित्रले सुरुवातीमा राम्रो व्यापार गर्न सफल भयो तर , पछिल्लो समयमा व्यापार गर्न नसक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *