२०८२ कार्तिक २६ गते | 11th of November 2025

दाङमा वलीमाथि खुकुरी प्रहार, वलीको ढाड, हात र पाखुरामा चोट

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १६:०६

काठमाडौं २३ साउन । तुलसीपुर १९ बाँसगढी निवासी ५० वर्षका वीरबहादुर वलीलाई सोही वडाको स्यालापानी बस्ने धनबहादुर वलीले खुकुरी प्रहार गरेका छन्। सोमबार साँझ ५ बजेतिर बिजौरी बजारमा बसिरहेको समयमा एक्कासि खुकुरी प्रहार भएको घाइते वलीले बताएका छन्। वलीलाई बिजौरीको अस्थायी प्रहरी पोष्ट अगाडि नै खुकुरी प्रहार भए पनि घटना हुँदा त्यहाँ प्रहरी भने थिएनन्। खुकुरी प्रहारमा संलग्न धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते वलीलाई बिजौरीमा प्राथमिक उपचारपछि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएको उनका छोरा पत्रकार तुलसीराम वलीले बताए। घाँटीमा ताकेर हानेको खुकुरी आफूले छलेकाले बाँच्न सकेको घाइते वलीले बताए। वलीको ढाड, हात र पाखुरामा चोट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *