२०८१ वैशाख १५ गते | 27th of April 2024

महाधिवेशनको बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ४ गते १५:४८

 

 

काठमाडौं, ४ भदौ ।   नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ ।
बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे घोषणापत्र पारित भएको छ ।
महासङ्घको आगामी दुई वर्षका लागि रणनीतिक दृष्टिकोण पत्र प्रस्तुत भई पारित भएको छ । पत्रकार सुरक्षा नीतिसमेत बन्दसत्रमा प्रस्तुत भई पारित भएको छ । बन्दसत्रको अध्यक्षता पूर्वअध्यक्ष तारानाथ दाहालले गर्नुभएको थियो ।
नयाँ नेतृत्वका लागि भोलि बिहान नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनबाट ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्नेछ ।
देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि सहभागी भएको उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारीका तर्फबाट तीर्थ कोइराला तथा प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द आचार्यका बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *