२०८१ वैशाख १६ गते | 28th of April 2024

दिक्पालले किन बर्षा शिवाकोटीलाई झापट हाने ? हेर्नुस भिडियो सहित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ९ गते ५:३९

शंंकाले लंका पिरोल्छ भन्ने उखान जस्तै शंकाले कतिको घरबार विग्रेको छ भने कतिको भविष्य अन्धकार बनेको छ । यही कथा र यही भावमा आधारित गायक तथा संगीतकार भुवन सुप्तिहाङको नया गीत सार्वजनिक भएको छ । आउदो रहेछ जीन्दगीमा यस्तो मोड पनि बोलको गीत सार्वजनिक भएको हो । गीत निकै सन्देशमुलक रहेको छ । गीतको म्युजिक भिडियो झन अर्थपूर्ण रहेको छ । कसैलाई सहयोग गरेकै भरमा शंका गरेर अनावश्यक यातना दिइएको दृश्य म्युजिक भिडियोमा देखाइएको छ । शंकाले लंका कसरी पिरोल्छ भन्ने थाहा पाउन भने पुरा भिडियो हेर्नु पर्नेछ । नहुनु भएपछि पछुताउनु भन्दा पहिले नै विचार गर्नुपर्ने यो गीतले सन्देश दिएको छ । गीतमा संगीतकार तथा गायक भुवन सुप्तिहाङको स्वर रहेको छ । विश्वकाजी राइको शब्द रहेको गीतलाई महाराजा थापाले एरेन्ज गरेका हुन । भुवनले सम्मान मेरो एल्वममा उक्त गीत समावेश गरेका छन ।
गीतको म्युजिक भिडियोलाई युवराज राइले छायाँकन गरेका छन । कृष्ण आचार्यको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा दिक्पाल कार्की बर्षा शिवाकोटी र सुजन राईले अभिनय गरेका छन ।
हेर्नुस भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *