२०८१ वैशाख १६ गते | 28th of April 2024

बालगायक अंकितको ‘अंकित’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते २:५२

काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार लोकार्पण गरिएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताए ।

पाँच गीत रहेको सो एल्बममा गीतकार डा नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक्षबारे प्रकाश पार्नुभएको थियो । एल्बममा गीतकार डा कृष्णहरि बराल, डा लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना छन् । कार्यक्रममा संगीतकार भूपेन्द्र रायमाझी र गायक मदनसिंह नेपालीलाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *