२०८२ पुष २७ गते | 11th of January 2026

सोलुखुम्बुमा पर्यटकको चहलपहल, शनिबारमात्र १०४ पर्यटक खुम्बु प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते १४:२२

सोलुखुम्बु १७ भदौ । सोलुखुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । पर्यटकका लागि सिजन सुरु भएसँगै बाह्य पर्यटकको चहलपहल सुरु भएको हो। शनिबार मात्र यस क्षेत्रको भ्रमणका लागि विभिन्न देशका १०४ जना पर्यटक खुम्बु प्रवेश गरेको पर्यटक प्रहरी प्रमुख असइ सरयुग महत्तोले जानकारी दिए। अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आएका हुन्।
भदौ ८ गते देखि शनिबारसम्मको तथ्याङ्कलाई हेर्दा २२८ जना पर्यटक खुम्बु भ्रमणमा आएका छन्। पर्यटन प्रहरी लुक्लाको तथ्याङ्क अनुसार भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी बेलायतबाट ३३ जना, भारतबाट २९, अस्ट्रेलियाबाट २६ र अमेरिका बाट १५ जना पर्यटक छन्। यस्तै बङ्गलादेश, डेनमार्ग, चिल्ली, भेतनाम, ब्राजिल, पेरु, दुबई लगायतका देशबाट पनि पर्यटक आएका छन्।
पर्यटकको चहलपहलसुरु भएसंगै भरियाहरुको समेत चहलपहल बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *