२०८० असोज ५ गते | 22nd of September 2023

पोखरामा पर्यटक भरिभराउ

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ४ गते १४:२०

काठमाडौं –  लगातारको वर्षा भैरहँदासमेत कास्कीका पर्यटकीय स्थलहरू भने भरिभराउ भएका छन् । नेपालीहरूको महान् चार्ड दसैँ र तिहारको बीचमा लामो समय सम्म घुम्न निस्कन नपाएका पर्यटकहरू अहिले कास्कीका विभिन्न ठाउँमा देखिन थालेका छन् ।विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्पमा २० महिना पछि पर्यटहरुको भिड लागेको छ । अन्नपूर्ण बेसक्याम्पमा रहेको माछापुच्छ्रे गेष्ट हाउसका सञ्चालक प्रेम गुरुङ भन्नु हुन्छ ‘अन्नपूर्ण पद यात्रामा दशैको केही अगाडीदेखि पर्यटहरुको आगमन भएको हो । अहिले  भारतीय ,युरोपियन र नेपालका आन्तरिक पर्यटहरुले गर्दा  होटेलको अकुपेन्सी एकदमै हाई छ ।’  दैनिक १ सय बढी पदयात्री एबिसी उक्लिरहेको उहाँ बताउनुहुन्छ । गुरुङका अनुसार यो भिड कोभिड पछिको पहिलो भिडभाड हो  । हामी यो चहल पहल देखेर आशावादी छौ पक्कै पनि यो क्रमले पर्यटन क्षेत्रलाई चलायमान बनाउने छ । अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरूको लागि पोखरा ट्रान्जिट सिटी हो । पोखरादेखि अन्नपूर्ण बेस क्याम्प पुग्न ४ दिन लाग्छ ।

पोखरा लेक साइडमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थालेको पर्यटन व्यवसायी उदय सुवेदी बताउनुहुन्छ । पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीका  अनुसार दसैँ सकिए लगतै पर्यटहरुको आगमन उच्च रहेको छ । ‘बुकिङ समेत आइरहेका छन् हामी उत्साहित भएका छौ ।’ कास्की जिल्ला तालैताल र गुफै गुफाको जिल्ला समेत हो । नेपालकै ठूलो महानगरको रूपमा रहेको पोखरा महानगर सहित ४ वटा गाउँपालिका पर्यटकहरूको रोजाइका केन्द्र हुन् । समथर उपत्यकादेखि पहाडका उच्च स्थानहरूमा समेत तालहरू भएकाले पर्यटहरुको रोजाइमा कास्की पर्ने गर्दछ । विश्वकै चर्चित पदयात्रा अन्नपूर्ण बेस क्याम्पदेखि युवा पुस्तामा लोकप्रिय हुँदै गएको छोटो र निकै रमाइलो पदयात्रा मर्दि हिमाल पदयात्रा आज भोलि धेरैको रोजाइमा पर्ने गरेको छ ।   यहाँका रमणीय तालहरू र सेती नदी हिमाली छाया तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ तथा बेगनासमा गरिने डुङ्गा सवारी नेपालमा शाह वंशको उद्गम स्थल कास्की दरबारबाट देखिने दृश्य पर्यटकहरूले  बिर्सिनै सक्दैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *