२०८२ माघ १० गते | 23rd of January 2026

अब झरनाले ए मेरो हजुर ३ बनाउने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २२ गते १४:२१

काठमाडौं २२ असोज । चलचित्र ए मेरो हजुर २ हिट भएपछि अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्रको सिक्वेलको रुपमा ए मेरो हजुर ३ बनाउने उद्घोष गरेकी छन्। चलचित्र पत्रकार संघ दाङले आइतबानर तुलसीपुरमा गरेको कार्यक्रममा उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई मन पराइदिएकोमा दर्शकलाई धन्यवाद समेत दिइन्। नायिका हुँदाजस्तै दर्शकले डेव्यू निर्देशनको चलचित्र ए मेरो हजुर २ लाई पनि मन पराइदिएकोमा थापाले खुशी व्यक्त गरिन्। चलचित्र रिलिज हुनुपूर्व पहिलाको आफ्नो स्टारडम फेरि देखिने हो वा होइन भन्ने डर लागे पनि चलचित्र रिलिज भएपछि सफल भएको बताइन्। उनले आगामी दिनमा दाङ जिल्लाको पुरानो क्रेज फेरि ल्याउन राम्रा चलचित्र बनाउने र आफ्नो गृह जिल्लालाई सुन्दर फिल्म नगरी बनाउने उद्घोष गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *