२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : निर्णय सच्याउन न्यायिक समितीलाई तिन दिनको समय

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत १३ गते ४:२१

शेर के सी – गैर आवासिय नेपाली संघ, एनआरएन अमेरीकाले आफ्नो न्यायिक समितीलाई निर्णय सच्याउन तिन दिनको समय दिने निर्णय गरेको छ । शनिवार एनआरएनको बोर्ड बैठकले कार्यसमितीले बहुमतले गरेका निर्णमाथि न्यायिक समितीले बन्देज लगाउने निर्णय गरेको भन्दै निर्णय सच्याउन तिन दिनको समय दिइएको एनआरएन अमेरीकाका अध्यक्ष डा। केशव पौडेलले बताउनुभयो ।

एनआरएन अमेरीकाको कार्यसमितीको बहुमतले सदस्यताको लागी चार दिन समय थप गरेर करिब ३ हजारको हाराहारीमा सदस्यता बढाएपछि न्यायिक समितीले थपिएको समयमा बनेका सदस्यले मताधिकार नपाउने विवादास्पद निर्णय गरेको थियो भने सदस्यता भेरिफिकेशनका लागी बोर्ड बैठकको बहुमत सदस्यले पारित भेरिफिकेशन समितीका सिपी पौडेल र प्रमोद सिटौलालाई काम गर्न नदिन निर्देशन दिएपछि शनिवार एनआरएन अमेरीकाको बोर्ड बैठक बसेको हो ।

शनिवारको बोर्ड बैठकमा सहभागी सबैले न्यायिक समिती कसैको प्रलोभनमा परेर कार्यसमितीका निर्णय उल्ट्याउन लागिपरेकोले तिन दिनमा सो न्यायिक समितीले आफ्ना निर्णय नसच्याए अर्को महिना बिशेष साधारण सभा बोलाएर यो न्यायिक समिती भंग गरेर अर्को न्यायिक समिती गठनको बाटोमा जाने विषयमा छलफल भएको एनआरएन अमेरीकाका सचिव शंकर खड्काले बताउनुभयो । खड्काका अनुसार तिन दिनमा न्यायिक समितीले् आफ्नो निर्णय नसच्याए अप्रिल २३ तारिखमा क्लोराडोमा विशेष साधारण सभा बोलाइने छ र सो साधारण सभा न्यायिक समितीलाई खारेज गर्ने बाटोमा जानेछ । एनआरएन अमेरीकाको न्यायिक समितीमा गिरिजा गौतम, यज्ञ नेपाल र दुर्गा भुर्तेल छन् । शनिवारको बोर्ड बैठकमा सबै सदस्यले न्यायिक समितीको निर्णय कसैको दवावमा आएको भन्दै रोष प्रकट गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *