२०८१ वैशाख १६ गते | 28th of April 2024

भलिवल खेल हेर्न गएका वडा अध्यक्ष घर फर्कदा निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १६:३८

नवलपरासी, १२ कात्तिक । भलिबल खेल हेरेर घर फर्केका नवलपरासीको बौैदीकाली गाउँपालिका –५ का वडा अध्यक्ष दलबहादुर खरु मगरको निधन भएको छ ।
आइतबार वडा नम्बर ४ मा भएको गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता हेरर घर फर्कनु भएका ६३ बर्षीय खरु मगर घर आए लगतै बेहोस भएका थिए ।

उनी दम र उच्च रक्तचापको बिमारी भएको र उच्च रक्तचापका कारण निधन भएको अनुमान गरिएको छ । वडा अध्यक्ष खरु मगर नेकपा एमालेकोतर्फबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *