२०८२ फागुन २७ गते | 11th of March 2026

लस एन्जलसबासीलाई प्रमोद खरेलको निमन्त्रणा (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ३० गते ७:१२

नेपाल अमेरिका एकता समाजको आयोजनामा यही अप्रिल १२ तारिख बुधबारको दिन साँझ ८.०० बजेदेखी तारा हिमालयन कुजिन आर्टेशिया मा नयाँ बर्ष – २०७४ शुभकामना साँझ आधुनिक सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको साथमा भव्यता तथा रमाईलो बाताबरणका साथ सम्पन्न हुन गईरहेको छ ।

हरेक बर्ष संस्थागत रुपमा नेपाली नयाँ बर्षलाई बिबिध कार्यक्रमको आयोजना गरि स्वागत गर्ने लसएन्जल्सका नेपालीहरुले यस बर्ष भने नेपालमा नै पुगेको आभाष हुने गरि नयाँ बर्ष मनाउन पाउने भएका छन् ।

यसै सन्दर्भमा लस एन्जलसका बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एंव सम्पुर्ण सामुदायिक सदस्यहरुलाई यसै सुचना मार्फ़त उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै संसारभर छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको सु- स्वास्थ्य, सम्वृदि र दीर्घायुको कामना गर्दै यसपालीको नयाँ बर्ष पारिवारिक वातावरणका साथ कार्यक्रम अत्यन्तै रोचक र मनोरन्जनात्मक रहने जानकारी नेपाल अमेरिका एकता समाजकी महासचिव डोल्मा लामाले दिएकी छिन् । कार्यक्रमको प्रवेश शुल्क $२५ डलर राखिएको जानकारी साथै सबै लसएन्जल्सबासी समुदायलाई यसै सुचना मार्फ़त निम्तो गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *