२०८१ वैशाख १५ गते | 27th of April 2024

पर्यटकीय मार्ग लाङ्टाङमा पुल निर्माण

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १४:३३

रसुवा, १५ मंसिर । पर्यटकीय पदमार्गअन्तर्गत लाङ्टाङ खोलामा पुल निर्माण भएको छ ।

‘समरीटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैससमार्फत घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मि लामो र दुई मि चौडाइको फलामे पुल बनेकोे गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले जनाएको छ ।

सो पुलको प्रजिअ चोमेन्द्र न्यौपाने र दाता संस्थाका प्रबन्धक मेलोेडी मोस्कोस्कीले उद्घाटन गरेपछि आजैदेखि आवागमन शुरु भएको प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुल निर्माणको लागत रु ४० लाख भएको दाता संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *