२०८२ फागुन १९ गते | 3rd of March 2026

उल्का बर्षा सुरु हुदै नाङगै आँखाले हेर्न मिल्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते १४:५१

 

काठमाडौँ, २८ मंसिर । आज आकाशमा उल्का बर्ष हुने भएको छ । १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा बिहिबार राति बढी सक्रिय हुने भएको छ ।
सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६ः४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८ः४५ देखि ३ः५६ बजेसम्मको समय अनुकूल हुनेछ ।
उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन । उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आँखाले हेर्नु नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *