२०८२ माघ ११ गते | 24th of January 2026

किन गरे नायिका सामा्रज्ञी विरुद्ध तिनतिन जना नायिकाले मोर्चाबन्दी !

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते ३:३०

काठमाडौं १८ पुस । साम्राज्ञी राज्यलक्ष्मी शाह हिरोइनमध्ये फ्यान फलोइङ अलि धेरै भएकी हिरोइन हुन्। एक्लै पनि फिल्म बोक्ने आँट राख्छिन्। तर, साम्राज्ञीको स्टारडमले फेरि परीक्षा दिने बेला आएको छ। उनका विरुद्ध तीन हिरोइन मैदानमा ओर्लिएका छन्।

यसको मतलब साम्राज्ञी र तीन हिरोइन कुनै कुरामा झगडा गर्न लागेका भने होइनन्। साम्राज्ञीको फिल्म रिलिज हुने मितिमै उनीहरू अभिनीत फिल्म पनि रिलिज हुने भएपछि धेरैलाई जिज्ञासु बनाएको हो।

भदौबाट रिलिज मिति सरेको साम्राज्ञी अभिनीत ‘तिमीसँग’ले चैत २३ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। यता वैशाख १४ मा प्रदर्शन हुने घोषणा गरेको केकी अधिकारीको निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले पनि सोही मितिमा रजनीकान्त र अक्षयकुमार अभिनीत ‘२।०’ आउने भएपछि रिलिज मिति सारेर चैत २३ मै जाने घोषणा गरेको छ। फिल्ममा केकीसँगै ऋचा शर्मा र प्रियंका कार्की पनि मुख्य भूमिकामा छन्। भएन त साम्राज्ञीका विरुद्धमा तीन हिरोइनको मोर्चाबन्दी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *