२०८१ वैशाख १८ गते | 30th of April 2024

यूएस बंगलाको विमान दुर्घटना : ३६ जनाको मृत्यु भएको पुष्टि, ६७ यात्रु, चालक दल ४, घाइते १४ लार्इ अस्पतालमा (तस्विर-भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ११:२२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।
यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए।

https://youtu.be/p2bxZQfWJ3M

१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको उनले बताए। अझै थप घाइतेको उद्दार कार्य जारी रहेको उनको भनाई छ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *