काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।
यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए।
https://youtu.be/p2bxZQfWJ3M
१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको उनले बताए। अझै थप घाइतेको उद्दार कार्य जारी रहेको उनको भनाई छ।
बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।