२०८१ वैशाख १५ गते | 27th of April 2024

चुनावका लागि कास्कीमा कडा निगरानी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १४:२४

पोखरा, ३० बैशाख ।
पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत आइतवार हुने मतदानको लागि कस्कीमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । मतदान स्थल सहित समग्र जिल्लाभर सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
निर्वाचन बिरोधी गतिविधिमा संलग्न भएका केहि ब्यक्तिलाई नियन्त्रणमा लिइएको र त्यस्ता समुहका अन्य ब्यक्तिपनि उच्च निगरानीमा रहेको सुरक्षा अधिकारीले जनाएका छन् । निर्वाचनको लागि बनेको जिल्ला स्तरीय सुरक्षा रणनीतिका आधारमा चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले जानकारी दिए ।
कास्कीका पाँच वटा स्थानीय तहमा तोकिएका डेढ सय मतदान स्थल मध्ये ५० वटा मतदान स्थल सुरक्षा चुनौतिको हिसावले अति संवेदनशिल रहेकाले सोहि आधारमा सुरक्षाकर्मी तैनाथ छन् । निर्वाचनको सुरक्षा रणनीति तयार पार्ने क्रममा ५० वटा मतदान स्थल अति संवेदनशिल, ४९ वटा संवेदनशिल र ५१ म्तदान स्थल सामान्य अबस्थाको सूचिमा राखिएको छ । यसअघिका निर्वाचन, निर्वाचन विरोधी गतिविधि तथा भौगोलिक अबस्थाका आधारमा सुरक्षा चुनौति विश्लेषण गरी सोहि अनुसार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
सुरक्षा रणनीतिमा उल्लेख भए अनुसार पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३३ का सबै मतदान केन्द्र अति संवेदनशिलको सूचिमा छ । सो वडामा पाँच वटा मतदान स्थल छन् । त्यस्तै महानगरको वडानम्बर २२, २३, २४ र २५ का मतदान स्थलपनि बढी सुरक्षा चुनौतिको सूचिमा छन् ।
रुपा गाउँपालिकाको ८ वटा केन्द्र मध्ये दुई अति संवेदनशिल र अन्य सबै संवेदनशिल छन् । मादीका १७ मतदान स्थल मध्ये १३ वटा अति संवेदनशिलको सूचिमा छ । अन्नपूर्णका १५ मतदान स्थल मध्ये १० वटा अति संवेदनशिल र अन्ये संवेदनशिलको सूचिमा छ ।
यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १३ मतदान केन्द्रमा ७ अति संवेदनशिल र अन्य संवेदनशिलको सूचिमा छन् । १ महानगर र चार गाउँपालिका रहेको कास्कीमा २८८ मतदान केन्द्र छन् । कास्कीमा कुल २ लाख २४ हजार ८११ मतदाता छन् ।
महानगर र गाउँपालिकाको सबै मतदान स्थलमा सुरक्षा संवेदनशिलताका आधारमा सुरक्षाकर्मी खटाइसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले जानकारी दिए । चार वटै सुरक्षा निकायसँगको समन्वयमा निर्वाचन सुरक्षाको लागि सुरक्षा रणनीति अनुसार सुरक्षाकर्मी खटिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *