२०८२ चैत ३ गते | 17th of March 2026

१६ सय खेलाडीमध्येबाट छानिए सन्दीप

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते १७:५६

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै आइपीएलसँगै विश्व-११ बाट खेलेर आएका लामिछाने आईतबार क्यानडाको ग्लोबल टी-२० क्यानडा लिगका लागि छनोट भएका हुन् ।

जुन २८ देखि जुलाई १५ तारिख सम्म हुन लागेको पहिलो संस्करणमा सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको हो । टाइगर्सले खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडी छन् ।

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएका थिए। ती मध्येबाट सन्दीप, श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा आदि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *