२०८३ असोज १० गते | 26th of September 2026

पोखरामा पुनः एमालेको अग्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १०:४९

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को मतगणना सार्वजनिक भएसँगै नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार मान बहादुर जिसीले काँग्रेस उम्मेदवार रामजी कुवँरलाई ३ सय २७ मतान्तरले पछाडी पारेका हुन् । जिसीको ९ हजार ४ सय ९५ मत आउँदा कुवँरको ९ हजार १ सय ६८ मत छ ।
उपप्रमुखको उम्मेदवार मञ्जुदेवी गुरुङले पनि काँग्रेस उम्मेदवार सरस्वती गुरुङलाई पछि पारेकी छिन् । मञ्जुले ९ हजार २ सय ४ मत ल्याउँदा सरस्वतीले ७ हजार ९ सय २३ मत ल्याईन् । दुई बीचमा १ हजार २ सय ८१ म्तको फरक छ ।
५ नम्बर वडामा एमालेकै उम्मेदवार धन बहादुर नेपाली अध्यक्षमा बिजयी भए । उनले १ हजार ७ सय ६८ मत पाउँदा प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार रामजी प्रसाद कोइरालाले १ हजार २ सय ४६ मत पाए । वडा सदस्यमा एमालेकै पुष्पराज बराल र उज्वल खत्री बिजयी भएका छन् । महिला सदस्यमा अञ्जु केसी र दलित महिला सदस्यमा हरि माया विश्वकर्मा बिजयी भएकी छिन् ।

१ देखी ८ सम्मको अन्तिम मत परिणाम

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१ ८३१ ८४६ १०६५ १०५४
२ ८२८ ७५९ ६८० ६१७
३ ९२७ ८८३ ७५५ ६५०
४ ८७२ ६६३ ५७४ ४८६
५ ११६८ १०२३ १८२३ १७८०
६ १६७६ १११८ १२५३ १३४९
७ १०२८ ९३४ १३७३ १३५२
८ १६३८ १५७२ १८४० १८०१
९ २०० ११९ १३२ ११५
जम्मा ९१६८ ७९२३ ९४९५ ९२०४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *