पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को मतगणना सार्वजनिक भएसँगै नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार मान बहादुर जिसीले काँग्रेस उम्मेदवार रामजी कुवँरलाई ३ सय २७ मतान्तरले पछाडी पारेका हुन् । जिसीको ९ हजार ४ सय ९५ मत आउँदा कुवँरको ९ हजार १ सय ६८ मत छ ।
उपप्रमुखको उम्मेदवार मञ्जुदेवी गुरुङले पनि काँग्रेस उम्मेदवार सरस्वती गुरुङलाई पछि पारेकी छिन् । मञ्जुले ९ हजार २ सय ४ मत ल्याउँदा सरस्वतीले ७ हजार ९ सय २३ मत ल्याईन् । दुई बीचमा १ हजार २ सय ८१ म्तको फरक छ ।
५ नम्बर वडामा एमालेकै उम्मेदवार धन बहादुर नेपाली अध्यक्षमा बिजयी भए । उनले १ हजार ७ सय ६८ मत पाउँदा प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार रामजी प्रसाद कोइरालाले १ हजार २ सय ४६ मत पाए । वडा सदस्यमा एमालेकै पुष्पराज बराल र उज्वल खत्री बिजयी भएका छन् । महिला सदस्यमा अञ्जु केसी र दलित महिला सदस्यमा हरि माया विश्वकर्मा बिजयी भएकी छिन् ।
१ देखी ८ सम्मको अन्तिम मत परिणाम
| वडा |
नेपाली कांग्रेस |
नेकपा एमाले |
| रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
| १ |
८३१ |
८४६ |
१०६५ |
१०५४ |
| २ |
८२८ |
७५९ |
६८० |
६१७ |
| ३ |
९२७ |
८८३ |
७५५ |
६५० |
| ४ |
८७२ |
६६३ |
५७४ |
४८६ |
| ५ |
११६८ |
१०२३ |
१८२३ |
१७८० |
| ६ |
१६७६ |
१११८ |
१२५३ |
१३४९ |
| ७ |
१०२८ |
९३४ |
१३७३ |
१३५२ |
| ८ |
१६३८ |
१५७२ |
१८४० |
१८०१ |
| ९ |
२०० |
११९ |
१३२ |
११५ |
| जम्मा |
९१६८ |
७९२३ |
९४९५ |
९२०४ |