२०८३ असोज १० गते | 26th of September 2026

पोखरा ९ मा काँग्रेस प्यानलै बिजयी (मतपरिणम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १४:५७

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । कांग्रेस उम्मेदवार रामराज लामिछानेले निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार गोविन्द तुलाचनलाई पराजीत गरेका हुन् । लामिछानेको १ हजार १ सय ७४ मत आउँदा तुलाचनको ९ सय ८२ मत छ । वडा सदस्यहरुमा सुरेश खवास, नन्दराम रेग्मी, महिला सदस्य राममाया मानन्धर र दलित महिला सदस्यमा गीता नेपाली बिजयी भए ।
महानगर प्रमुखमा काँग्रेसकै उम्मेदवार अगाडी छन् । रामजी कुवँरले एमाले उम्मेदवार मान बहादुर जिसीलाई २ सय ५४ मतले पछि पारे । कुवँरको १ हजार ३ सय ३ मत आउँदा जिसीको १ हजार ४९ मत छ । उपप्रमुखमा सरस्वती गुरुङ अगाडी छिन् । सरस्वतीले १ हजार १ सय ३५ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको ९ सय ६८ मत छ । दुई बीचको फरक १ सय ६७ छ ।

१ देखी ९ सम्मको अन्तिम मत परिणाम

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१ ८३१ ८४६ १०६५ १०५४
२ ८२८ ७५९ ६८० ६१७
३ ९२७ ८८३ ७५५ ६५०
४ ८७२ ६६३ ५७४ ४८६
५ ११६८ १०२३ १८२३ १७८०
६ १६७६ १११८ १२५३ १३४९
७ १०२८ ९३४ १३७३ १३५२
८ १६३८ १५७२ १८४० १८०१
९ १३०३ ११३५ १०४९ ९६८
१० १२५ १३८ १३८ १२२
जम्मा १०३९६ ९०७१ १०५५० १०१७९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *