२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा ९ मा काँग्रेस प्यानलै बिजयी (मतपरिणम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १४:५७

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । कांग्रेस उम्मेदवार रामराज लामिछानेले निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार गोविन्द तुलाचनलाई पराजीत गरेका हुन् । लामिछानेको १ हजार १ सय ७४ मत आउँदा तुलाचनको ९ सय ८२ मत छ । वडा सदस्यहरुमा सुरेश खवास, नन्दराम रेग्मी, महिला सदस्य राममाया मानन्धर र दलित महिला सदस्यमा गीता नेपाली बिजयी भए ।
महानगर प्रमुखमा काँग्रेसकै उम्मेदवार अगाडी छन् । रामजी कुवँरले एमाले उम्मेदवार मान बहादुर जिसीलाई २ सय ५४ मतले पछि पारे । कुवँरको १ हजार ३ सय ३ मत आउँदा जिसीको १ हजार ४९ मत छ । उपप्रमुखमा सरस्वती गुरुङ अगाडी छिन् । सरस्वतीले १ हजार १ सय ३५ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको ९ सय ६८ मत छ । दुई बीचको फरक १ सय ६७ छ ।

१ देखी ९ सम्मको अन्तिम मत परिणाम

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
८३१ ८४६ १०६५ १०५४
८२८ ७५९ ६८० ६१७
९२७ ८८३ ७५५ ६५०
८७२ ६६३ ५७४ ४८६
११६८ १०२३ १८२३ १७८०
१६७६ १११८ १२५३ १३४९
१०२८ ९३४ १३७३ १३५२
१६३८ १५७२ १८४० १८०१
१३०३ ११३५ १०४९ ९६८
१० १२५ १३८ १३८ १२२
जम्मा १०३९६ ९०७१ १०५५० १०१७९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *