२०८३ असार ७ गते | 21st of June 2026

अशोक दर्जीले रुवाए रेखालाई

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २० गते ११:०७

काठमान्डौं – नेपालमा धेरै प्रतिभाशाली कलाकारहरू छन्। यसै बिच अशोक दर्जी दर्शकहरूको लागि अब कुनै नयाँ नाम होइन । उनी अहिले सोसियल मिडियामा सक्रिय छन् । अशोक दर्जी एक त्यस्ता बालक हुन् जो केही समयअघि बाटो बाटोमा गाउँदै हिँड्थे तर अहिले उनी एक सेलिब्रेटी भन्दा कम छैनन् जसले यूट्यूबमाथि एक तुफान सिर्जना गरेको छ। उनको पहिलो रेकर्ड गरिएको गीत पनि चर्चामा छ जसको बोल मन बिनाको धन ठूलो की धन बिनाको मन हो।

निम्न परिवारबाट आएका अशोक दर्जीको सोसियल मिडियामा तारा बनेको छ। अशोक दर्जीले थुप्रै देश तथा विदेशहरुमा लाइभ प्रस्तुती दिइसकेका छन् भने अमेरिकामा चाँडै प्रदर्शन गर्न जाँदैछन्। हालै अशोक एक पत्रकारको जन्मदिन उत्सवमा सङ्गीतकार तथा गायक टंक बुढाथोकी र तिनका सुपुत्र एआर बुढाथोकीसँग पुगेका थिए । पत्रकार प्रकाश सुवेदीको जन्मदिनमा अशोक र एआरले गीत गाउँदा नायिका रेखा थापा भावुक बनेका थिए भने रेखा र दीपाले यी दुई प्रतिभाशाली बालकसँग मस्ती पनि गरेका थिए ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *