पोखरा, जेठ ५ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित जारी मतगणना अन्तर्गत १२ नम्बर वडामा काँग्रेस अगाडी छ । वडाध्यक्षमा काँग्रेसका राम बहादुर कार्कीले ४ सय १२ मत पाउँदा प्रतिश्पर्धी एमालेका ऋषिराम लामिछानेले ३ सय मत पाए । खुला सदस्यमा एमालेका निर्मल बहादुर थापा र देशभक्त केसी, महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला र दलित महिला सदस्यमा रोसमाया दमिनी अगाडी छिन् ।
मेयरमा काँग्रेस भन्दा एमाले अगाडी छ । एमालेका मान बहादुर जिसीले ४ सय ६४ मत पाउँदा काँग्रेसका रामजी कुवँरले ३ सय ३६ मत पाए । उपमेयरमा काँग्रेसकी सरस्वती गुरुङ अगाडी छिन् । गुरुङको ३ सय ७२ मत आउँदा एमालेकी मञ्जुदेवी गुरुङको ३ सय ६२ मत छ ।
१ हजार मतको परिणाम
नेपाली कांग्रेस |
नेकपा एमाले |
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
३३६ |
३७३ |
४६४ |
३६२ |
वडाध्यक्ष ४१२ |
वडाध्यक्ष ३०० |