२०८१ वैशाख २२ गते | 4th of May 2024

सामुदायिक केन्द्र निर्माणार्थ सानफ्रान्सिस्कोमा धार्मिक महोत्सव

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २५ गते १६:०४

काठमाडौँ – अमेरिकाको सनफ्रान्सिस्को नर्दन क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागि धार्मिक महोत्सवको आयोजना गरिने भएको छ । नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ धार्मिक महोत्सबको आयोजना गर्न लागीएको आयोजक नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाले जनाएको छ । यही अगष्ट १२ देखि १९ सम्म आयोजना हुने धार्मिक महोत्सवमा पण्डित दिलबन्धु पोखरेल लगायतका गुरुहरुबाट धार्मिक आध्यात्मिक प्रवचन, मन्त्रोच्चारण कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकले यस पवित्र कार्यमा सरिक हुन सम्पूर्ण सन्फ्रान्स्स्किो बे एरियाबासिहरुलाई अनुरोध गरेको छ । 

सम्पूर्ण उत्तरी क्यालिफोर्नियाबासी नेपालीहरुलाई आयोजकले गरिमामय उपस्थितिका लागि सविनय आग्रह गरेको छ । यस महाअभियानमा नेपाली जनसम्पर्क समिति उत्तरी क्यालिफोर्निया च्याप्टर, एनआरएन एसिसी यूएसए, क्यालिफोर्निया च्याप्टर, किरात राई एशोशियसन क्यालिफोर्निया च्याप्टर, सनी सगरमाथा समाज, क्रियटिभ नेपाल अर्गनाइजेशन, द ह्वाइट जोन, नेपाली एोशियशन अफ ग्लोबल कर्पोरेशन, तामागं कोअर्पेटिभ सोसाइटी अफ क्यालिफोर्निया नामक संस्थाहरुको सहभागीता रहेको छ । साथै धार्मिक महोत्सबको अन्तिम दिन (०८-१९-२०१८) को दिन बहु प्रतिक्षित एनसीसी मेगा राफ्ले पनि पनि खुल्दैछ । जसका लागी आफ्नो टिकट सुरक्षीत गरेर भाग्य परिक्षा गर्न आयोजकले आग्रह गरको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *