२०८० मंसिर १३ गते | 29th of November 2023

‘नेपाल आइडल – २’ शुरु, कस्ता छन प्रतिस्पर्धी ? (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २६ गते ११:४१

काठमान्डौं – नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजनमा सुरु भएको छ। बिहिवार प्रसारित पहिलो एपिसोडमा भैरहवा अडिसन प्रसारण गरिएको थियो भने शुक्रवार प्रसारित दासो एपिसोडमा धनगडीको अडिसन प्रसारण गरिएको छ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । Image result for nepal idol season 2

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगितामा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् ।

दास्रो एपिसोड :

Leave a Reply

Your email address will not be published. Required fields are marked *