२०८२ वैशाख १५ गते | 28th of April 2025

नेपालमा अब सिग्नेचर पुल

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २६ गते ११:५९

काठमाडौं –  नेपालका अधिकांश पुल परम्परागत शैलीका छन्। तर अब नेपालमा पनि मौलिक संस्कृति र रहनसहन झल्किनेगरी विशेष खालका ‘सिग्नेचर पुल’को निर्माण हुने भएको छ।

देशका विभिन्न भागमा निर्माण हुन लागेका यस्ता १० वटा पुलका लागि विश्व बैंकले आर्थिक सहयोग गर्न लागेको छ। त्यसलाई अन्तिम रूप दिन आगामी भदौ ५ गते विश्व बैंक र नेपालका पदाधिकारीबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

थापाका अनुसार चितवनको नारायणी, रूपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौंको टेकुस्थित विष्णुमती, काठमाडौंका तिलगंगास्थित वागमती र कास्की पोखराको विजयपुरस्थित सेती नदीमा सिग्नेचर पुल निर्माणको अध्ययन भइरहेको छ।

विश्व बैंकको सहयोगमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरिएको र मन्त्रिपरिषदबाट विश्व बैंकसँग वार्ताका लागि टोली गठन गर्न अर्थ मन्त्रालयलाई यसअघि नै निर्देशन भइसकेको जानकारी महाशाखा प्रमुख थापाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *