२०८१ साउन ११ गते | 26th of July 2024

पोखरा ११ मा काँग्रेस अगाडी (३,२६७)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ३:२६

पोखरा, जेठ ५ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित जारी मतगणना अन्तर्गत ११ नम्बर वडाको मतगणना अन्तिम चरणमा छ । ३ हजार २ सय ६७ मत गणना सक्दा हालसम्म नेपाली काँग्रेसको प्यानल नै अगाडी छ । काँग्रेसका उम्मेदवार मोहन प्रसाद बास्तोलाले २ सय ८९ मतले विपक्षीलाई पछि पारेका छन् । बास्तोलाको १ हजार ५ सय ५७ मत आउँदा एमाले उम्मेदवार देवेन्द्र बास्तोलाको १ हजार २ सय ६८ मत छ ।
खुला सदस्यमा राजेन्द्र बहादुर भट्टराई र जंग बहादुर हमाल ठकुरी, महिला सदस्य तीर्थ कुमारी गुरुङ र दलित महिला सदस्यमा टुकुरा देवी परियार अगाडी छन् ।
११ नम्बर वडाबाट महानगर प्रमुख उपप्रमुखमा पनि काँग्रेस अगाडी छ । काँग्रेस उम्मेदवार रामजी कुवँरको १ हजार ५ सय ३० मत आउँदा एमाले उम्मेदवार मान बहादुर जिसीको १ हजार ३ सय ९९ मत छ । उपप्रमुखमा काँग्रेसकी सरस्वती गुरुङले १ हजार ५ सय ३७ मत ल्याउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १ हजार २ सय ३४ मत पाईन् ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१५३० १५३७ १३९९ १२३४
वडाध्यक्ष १५५७ वडाध्यक्ष १२६८

One thought on “पोखरा ११ मा काँग्रेस अगाडी (३,२६७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *