२०८० मंसिर २१ गते | 7th of December 2023

सान-फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरु (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २७ गते २२:४७

सागर श्रेष्ठ/सान-फ्रान्सिस्को – सामुदायिक भवन निर्माणका लागि आजदेखी सान्-फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरु भएको छ । प्रवासी अमेरिकन नेपाली समुदाय उपस्थित रहेको बिभिन्न राज्यहरुमा मन्दिर, स्तुपा र सामुदायिक केन्द्र निर्माण गर्ने क्रमसंगै सान्-फ्रान्सिस्को क्षेत्रमा सामुदायिक केन्द्र निर्माणको लागि धार्मिक महोत्सव तथा महापुराण शुरु भएको छ ।

उद्घाटन समारोहको भिडियो :

सामुदायिक केन्द्र निर्माणका लागि San Francisco, USA मा आजबाट संचालन हुन लागेको ‘धार्मिक महोत्सव’ को opening Ceremony लाईभ – सागर श्रेष्ठ/खुल्लामन्च :

Posted by KhullaManch.Com on Sunday, August 12, 2018

नेपाली सांस्कृतिक केन्द्रको संयोजकत्वमा सान्-फ्रान्सिस्को क्षेत्रमा सकृय बिभिन्न सामाजिक संस्थाहरुको सहभागीतामा खरिद गरिएको बिशाल जग्गामा सामुदायिक केन्द्र निर्माणका लागि आज भुमी पूजा सम्पन्न भएको छ । वाचन प्रविण पन्डित दिनबन्धु पोखरेल र बौद्ध भिक्षुहरुद्दारा बौद्ध र हिन्दू परम्परानुसार यो पवित्र जग्गामा भुमी-पूजा सम्पन्न भएको छ ।

सान्-फ्रान्सिस्को र यस क्षेत्र वरपर सकृय सामाजिक संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, अग्रजहरु, पत्रकार र सदस्यहरुको ठुलो उपस्थिती रहेको महोत्सवको पहिलो दिन कलश यात्रा पनि सम्पन्न भएको छ । आजै महोत्सवको उद्घाटन भएको छ भने भोलीदेखी वाचन प्रविण दिनबन्धु पोखरेलको मुखराविन्दुबाट श्रीमद्-भागवत ज्ञान महायज्ञको वाचन हुनेछ ।

डालास, लस एन्जलस, बोस्टन र बाल्टिमोरको सफल महायज्ञले जुताएको रकमबाट बनेका र बन्दै गरेका सामुदायिक जोशले सान-फ्रान्सिस्कोमा पनि नेपाली समुदायको केन्द्र निर्माणार्थ सेवामा एकजुट हुन नेपाली सांस्कृतिक केन्द्रका संयोजक उत्तम कार्कीले सबैमा अपिल गर्नुभएको छ ।  क्रमश :

फोटोमा धार्मिक महोत्सव र कलश यात्रा :

फोटो/भिडियो : सागर श्रेष्ठ/खुल्लामन्च

 

खुल्लामन्च लाईभ :

सामुदायिक केन्द्र निर्माणका लागि San Francisco, USA मा आजबाट संचालन हुन लागेको ‘धार्मिक महोत्सव’ को कलश यात्रा : लाईभ – सागर श्रेष्ठ/खुल्लामन्च :

Posted by KhullaManch.Com on Sunday, August 12, 2018

सामुदायिक केन्द्र निर्माणका लागि San Francisco, USA मा आजबाट संचालन हुन लागेको ‘धार्मिक महोत्सव’ को कलश यात्रा : लाईभ – सागर श्रेष्ठ/खुल्लामन्च :

Posted by KhullaManch.Com on Sunday, August 12, 2018

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *