२०८१ साउन १२ गते | 27th of July 2024

भक्तपुरमा इन्काउन्टर भएकै हो, फर्जी हो भन्नु हल्ला मात्र : गृहमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २८ गते १०:०५

चितवन – गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले याफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’ ‘२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ । मुल कुरा त्यो हो’, उनले अघि भने । गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *