२०८३ वैशाख १६ गते | 29th of April 2026

देउवालाई ‘तह’ लगाउन हस्ताक्षर अभियानको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २८ गते १०:३६

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महासमिति बैठक भदौ महिनाभित्र गर्न दवाव दिने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले भदौ महिनाभित्रै महासमितिको बैठक गर्नुपर्ने बताए ।‘पूर्वनिर्णयअनुसार भदौ महिनाभित्र महासमिति बैठक गराउनुपर्छ’, उनले भने, ‘यदि आलटाल गरियो भने सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर पनि हुन सक्छ ।’

डा.कोइरालाले महासमिति बैठक तोकिएको समयमा गराउन दवाव दिनका लागि हस्ताक्षर गर्न सुझाव आइरहेको बताए । सभापति देउवाले महासमितिको बैठक असोज महिनापछि गर्ने तयारी गरेको आरोप छ । भदौ महिनाभित्र महासमिति बैठक गर्न समय अपर्याप्त भएको भन्दै देउवाले छठ पर्वपछि बैठकको प्रस्ताव गरेको जनाइएको छ । सभापति देउवामा महासमिति बैठक गर्ने इच्छा शक्ति नदेखिएको केन्द्रीय सदस्य डा.कोइरालाले बताए । ‘सभापतिले विधानलाई आत्मसात गर्नुभएन’, उनले भने, ‘महासमितिको बैठक गराउन दवाव दिनका लागि हस्ताक्षर गराउन पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *