२०८२ वैशाख १७ गते | 30th of April 2025

विश्व रेकर्डधारी खेलाडी ठकुरी र बलाल अमेरिकामा सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २९ गते ८:५५

भर्जिनिया – अमेरिकाको भर्जिनिया राज्यमा विज्ञ खेलाडी र हलिवुड एक्ट्रेस र एक्टरहरुको सम्मेलनमा नेपालका दुई खेलाडी उज्ज्वल ठकुरी र मास्टर कृष्ण बलाल सम्मानित भएका छन् । ठकुरीलाई इगल अवार्ड तथा बलाललाइ “हु इज हु “अवार्डबाट सम्मान गरिएको थियो । ठकुरीले यस अगाडी नै हु इज हु अवार्ड प्राप्त गरिसकेका छन् । उज्जवल ठकुरी २ पटक आफ्नो नाम गिनिज बुक अफ वर्लड मा लेखाउन सफल भइसकेका छन् ।
अमेरिकाको पचास वटा राज्यका प्रख्यात खेलाडी, हलिवुड एक्ट्रेस र एक्टरको सम्मेलनमा सहभागिता रहेको थियो ।

हलिवुडबाट प्रख्यात हिरोइन सिन्थिया रोडक, हिरो तथा संयुक्त राष्ट्रसंघको यु एस स्पेसल इनभोइ अन्तराष्ट्रिय वाणिज्य दूत विन्सेंट लिन, गिनिज वोर्ल्ड रेकर्डमा धेरै नाम लेखाउन सफल डाक्टर रोबर्ट गोल्डमन, अमेरिकन मार्सल आर्ट्स एसोसिएसनका ग्रान्ड मास्टर जेसी बोएन, ग्रान्ड मास्टर जो कोरली, भर्जिनियाबाट चार्ली ली लगायत विशिष्ट व्यक्तिहरूको सम्मेलनमा उपस्थिति रहेको थियो ।
खेलको माध्यमबाट विश्वमा नेपालको नाम उँचो राख्न आफू लागेको बताउँदै तेस्रो वोर्ल्ड रेकर्ड गिनिज बुकमा लेख्ने क्रममा आफू रहेको ठकुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *