२०८१ साउन १२ गते | 27th of July 2024

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसका पन्त

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ४:२९

गोखरा, ५ जेठ ।
गोरखा नगरपालिकाको मेयरमा कांग्रेसका राजन राज पन्त निर्वाचित भएका छन् । ६५६० मत ल्याएर उनी बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्ण रानाले भने ५०२६ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी बिना श्रेष्ठ निर्वाचित भएकी छिन् । ६२६० मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्धन्द्धी एमालेकी उपमेयर उम्मेदवार सम्झाना देवकोटाले ४७०५ मत ल्याएकी छिन् । यता एमालेका मेयर उम्मेदवार बिशेश्वर कट्टेलले ५०२६ मत ल्याएका छन् भने नयाँ शक्तिका मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालले २०८३ मत ल्याएका छन् ।
त्यस्तै माओवादी केन्द्रका उपमेयर उम्मेदवार कञ्चन कुमालले ४५२० मत ल्याएकी छिन् भने नयाँ शक्ति पार्टीका उपमेयर उम्मेदवार पूर्णमाया वन्तले २०७५ मत ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *