२०८१ वैशाख २३ गते | 5th of May 2024

नेपाली नेशनल कन्भेन्शन, शिकागोको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३० गते ०:०६

शिकागो – अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला तिन संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलन नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा लगभग तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । शिकागोमा आईतबार सम्मेलन आयोजक समितिका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी र पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकारहरुको संयुक्त बैठक बसेपछि सम्मेलनको तयारी लगभग पुरा भएको आयोजकहरुले जनाएका छन् । हरेक बर्ष लेबर डे सप्ताहन्तको अवसर पारेर एन्मा र नासियाले संयुक्त सम्मेलन गर्दै आएकोमा यस बर्ष देखी अर्को पुरानो संस्था एएनए पनि जोडिए पछि नेपाली नेशनल कन्भेसनको नाममा कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्मेलन ३ दिन सम्म चल्ने छ। सम्मेलन आयोजनाका लागि अहोरात्र खटिरहनुभएका सम्मेलनका संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार ३ दिनकै लागि सम्पुर्ण कार्यक्रमहरु तयार भईसकेका छन् । आईतबार शिकागोमा रहेका नेपाली संघ संस्था र अग्रजहरुसंगको भेला पछि आफुलाई थप उत्साह प्रदान भएको घिमीरेले बताउनुभयो । पुर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा पनि कार्यक्रम आउने पक्का भएको छ ।

नेपालको पर्यटन प्रवद्धन तथा आर्थिक सहयता लगायतका बिभिन्न क्षेत्रलाई समेटेर आयोजना फोरमहरुका साथै चलचित्र अवार्ड, चर्चित कलकारहरुको कन्र्सट र सांस्कृतिक कार्यक्रमहरुले दर्शकहरुलाई ज्ञानका साथै मनोरञ्जन दिन आफुहरुले तयारी गरिरहेको सम्मेलनका सचिव डाक्टर दिवाकर दाहालले बताउनुभयो । दाहालका अनुसार आईतबार सांभm फिल्म फेस्टिबल आयोजना हुन लागेको हो । फेस्टिबलका लागि नेपालबाट भुवन केसी, अनमोल केसी, सुनिल थापा, निता ढुंगाना, सरिता लामिछाने लगायतका दुई दर्जन भन्दा धेरै कलाकारहरु आउने पक्का भईसकेको छ ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म चल्ने सम्मेलनका लागि अमेरिकाको बिभिन्न राज्यबाट नेपालीहरुले रजिष्ट्रेशन गरिरहेको आयोजकहरुले जनाएका छन् । ३१ तारिख सांझ पुर्व प्रधानमन्त्री माधव नेपाल, बिश्वप्रकाश शर्मा, फिल्मी कलाकार लगायतसंग बिषेश डिनरको आयोजना समेत गरिएको छ । शिकागोमा रहेका नेपालीहरुका लागि बिषेश छुटका साथ सम्मेलनमा सहभागी गराउन लागेको पनि संयोजक बाला घिमीरेले बताउनुभयो ।

आईतबारको छलफलमा पुर्व अध्यक्ष तथा सल्लाहाकारहरुले सम्मेलन आयोजक समितिले गरेको कामहरुको प्रशंसा गरेका थिए भने स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले आफुहरु शिकागोमा सम्मेलन भब्य रुपमा सफल पार्न आतुर रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *