प्रकाश सपुत र पार्वती राईको तीज गित ‘चिलायो’ (भिडियो)
खुल्लामन्च
प्रकाशित: २०७५ साउन ३० गते ९:०१
काठमाडौँ – नेपाली महिलाहरुको महान चाँड तीजको समय नजिकिएसँगै विभिन्न किसिमका तीज गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन् भने मतिपय सुटिङका क्रममा छन् ।
यसैबीच टिका तारामी मगर र सुनिल विसीको आवाजमा रहेको तीज गीत “चिलायो”को म्युजिक भिडियो सार्वजनिक भएको छ । टिका तारामी मगरको अफिसियल युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतको म्युजिक भिडियोमा “बोल माया” गीतबाट निकै चर्चामा आएका प्रकाश सपुत र पार्वती राईको फिचरिङ छ । सुनिल विसीको लय र शब्द रहेको गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने मौसम हिमालीले निर्देशन गरेका हुन् । गीतमा सम्पादन प्रविन भट्टको रहेको छ भने म्युजिक एरेन्जरको रुपमा कृष्ण बिक भान्जा रहेको छ ।