काठमान्डौं – भर्खरै मात्र सम्बन्ध बिच्छेद गरेकि पाकिस्तानकालागि नेपाली राजदुत सेवा लम्साल र उनका पुर्वपतिका बिषयलाई लिएर बिभिन्न मिडियाहरुमा आएका समाचारमा कुनै सत्यता नरहेको जानकारि पुर्ब पति प्रदिप अधिकारीले दिएका छन् ।
‘सेवाले केहि सम्पत्ति नदिई ब्यांक ब्यालेन्स र घर तथा सम्पुर्ण जग्गा समेत शक्तिका भरमा आफ्नो नाममा पार्न सफल भई र अहिले पतिको सडकको बास गराएकी छन्’ भन्ने समाचार आएकोमा सेवाका पुर्बपति प्रदिपले खण्डन गर्दै भनेका छन् ‘मेरी पूर्वपत्नी सेवा अधिकारी र म वीच गत महिना सहमतिमा संम्वन्ध विच्छेद र अंशवण्डा भएको कुरालाई गत वुधवारदेखि विभिन्न पत्रपत्रिका र अनलाईन मीडियाहरुले प्रायोजित रुपमा सेवाको क्यारियरमा धक्का लाग्ने हिसावले समाचारहरु प्रकाशन गरेका छन् ।’
‘वास्तबमा उनले मलाई घरवाट निकालेको होइन उनका अविभावक र मेरा प्यारा छोरीहरु समेतको सल्लाह र सहमतिमा हामी अंशवण्डा गरी अलग भएका हौ ।’ आपसी सहमतिमा भएको यस विषयलाई एकपक्षिय ढंगले मेरी पु्र्बपत्नीको क्यारियरमा धक्का पुग्ने हिसाबले सुनियोजित समाचार आएकोप्रति आफ्नो आपत्ति रहेको अधिकारीले बताए ।
‘हामी छुट्टिएपनि हाम्रा साना तीनजना छोरीहरु छन यो घटनाले नावालक छोरीहरुको कलिलो दिमागमा असर पुग्नेहुंदा यस्ता समाचारमा बिस्वास नगर्न संम्पुर्ण पृयजनहरुमा सविनय अनुरोध गर्दछु’ अधिकारीले अपिल गरेका छन्।