२०८१ वैशाख २३ गते | 5th of May 2024

दिलासा न्यौपाने, मिस नेपाल युएसए – २०१८ की विजेता

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ५ गते २:११

टेक्सास – मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै रहेको प्लेनो सिटिमा मिस नेपाल युएस २०१८ घोषणा गरिएको छ । नेब्रास्का राज्यमा बसोबास गर्ने दिलासा न्यौपाने मिस नेपाल युएस छानिन सफल भएकी छिन । बधाई छ दिलासालाई । त्यस्तै दोश्रोमा टेक्सास राज्यकै लबक निवासी पोशा घर्ती मगर भइन भने तेश्रो पहाडी राज्य कोलोराडोकि कृति ढुंगेल ।
मिस नेपाल युएस २०११ देखि अमेरिकामा संचालनमा आएको हो । त्यसपछि अमेरिकामा बिभिन्न शहरहरुमा यो प्रतिष्पर्धा आयोजना गरिएको थियो भने बिगत २०१६ र २०१७ मा भने बिभिन्न कारणबश प्रतिष्पर्धा हुन पाएको थिएन । यो सुन्दरी प्रतियोगिताका संस्थापक अध्यक्ष अमित शाह हुन् भने टेक्सासमा भएको यो प्रतिष्पर्धा नेपाल११ ले आयोजना र ब्यबस्थापन गरेको थियो ।

सामान्यतया भन्ने हो भने सुन्दरी प्रतियोगिताले महिलाको बाहिरी सुन्दरताको मापन भन्ने बुझाउँछ । यसको इतिहास हेर्ने हो भने सन् १८५४ मा फिलिज टेलर बर्नुमले पहिलो पल्ट शुरुवात गरेका थिए । तर जनताको तिब्र बिरोधका कारण त्यो बन्द गरिएको थियो । त्यसपछि १९२१ मा एट्लाण्टिक सिटिमा भएको “इनर सिटि सुन्दरी प्रतियोगिता” गरिएको थियो जुन अहिले मिस अमेरिकाको पहिलो संस्करण हो । त्यसपछि मिस वर्ल्ड १९५१, मिस युनिभर्स १९५२, मिस इन्टरनेसनल १९६० र मिस अर्थ २००१ मा शुरुवात गरिए ।

त्यसपछि भने अमेरिका लगायत बिस्वभर यस्ता खाले प्रतियोगिताहरु संचालनमा आउन थाले । पश्चिमी समाजको उत्पादनको रुपमा आएको यो प्रतियोगिता थुप्रै बिरोधका बाबजुद संसारका धेरै देशहरुमा आयोजना गरिन्छ । महिलालाई बस्तुको रुपमा वा बस्तुको ब्यापार गर्न सघाउने साधनको रुपमा प्रयोग गर्नु हुन्न भन्ने आलोचकहरुको भनाइ रहेता पनि यसको स्विकर्यताको दायर दैनिक बढ्दै गएको पाइन्छ ।

नेपालमा भने मिस नेपाल १९९४ देखि हिडन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने गरेको छ । यस बर्षको मिस नेपालको ताज हेटौडा कि शृंखला खतिवडाले जितेकी छन् । नेपालमा पनि बेलाबेलामा यसको तिब्र बिरोध हुँदै आएको छ । तर पनि नेपालमा यो प्रतिष्पर्धाको व्यापकता बढ्दै गएको पाइन्छ । अहिले यो १९ देखि २५ बर्षका महिलाबाट फराकिलो हुँदै बालबालिका, प्रौढ अनि जिल्ला, क्षेत्र र गाउँ गाउँमा फैलिएको छ । प्रतिष्पर्धामा शरीर र छालाको मात्र प्रदर्शन गर्ने चलन हट्दै सहभागीहरु शिक्षित, सभ्य र बुद्धिमान समेत हुनु पर्ने अनिवार्यताले यसको स्विकर्यतालाई बढाउदै लगेको छ । “ब्युटी विथ ब्रेन” यसको मुख्य नारा बन्दै गएको छ । 

हिजो डालसमा सम्पन्न मिस युएस नेपाल २०१८ मा १७ जना सहभागी थिए । बिभिन्न पेशा, पृष्ठभूमिबाट अमेरिकाका बिभिन्न राज्यहरुबाट आएका युवतीहरुले आफुलाई समाजसामु प्रस्तुत गरेका थिए । सबै सहभागीहरुले निसन्देह बाहिरी आवरणलाइ भन्दा भित्रि सुन्दरतालाई महत्व दिएका थिए । अत्यन्त सामान्य, सांस्कृतिक र सभ्य पहिरनमा प्रस्तुत भएका थिए उनीहरु । त्यहाँ यस्तो कुनै प्रतिष्पर्धी थिएन जसले आफ्नो लागि त्यहाँ आएको होस् । सबै जनाले उक्त स्थानलाई समाजसेवा गर्ने, जनचेतना जगाउने र राम्रो परिवर्तनको माध्यमको रुपमा उपयोग गर्न खोजेका थिए ।

प्रतिष्पर्धामा बिभिन्न बिषयमा सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । भोटिंगको आधारमा टेक्सासकि आइषा ओझा आम समुदायको छनोटमा परेकी थिइन । यो उपाधिसंगै नेपालका लागि पुर्ब अमेरिकी राजदुतले स्थापना गरेको सोर्वे फाउन्डेसनको सद्भावना राजदुतको रुपमा नेपालमा काम गर्ने अवसर पाउने छिन । त्यसै गरी बियाङ्का अधिकारी मिस नेपाल टेक्सास चुनिएकी थिइन । त्यस्तै मिस क्याटवाक बिना श्रेष्ठ, अनुशासनमा अदिति श्रेष्ठ, बुद्धिमानमा स्वीकृति भट्टराई र राम्रो फोटो आउनेमा निलिया गुरुङले उपाधि जित्न सफल भएका थिए ।

कार्यक्रममा स्कट डेलिसी, अमित शाह, उमा थापा, सुमन थापा आदिले बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम संचालन नेपालबाट आएका तर नेपाली नामहरु राम्रो संग उच्चारण गर्न र भन्न नजान्ने संजय गुप्ताले गरेका थिए भने प्रायोजकको नाम स्थानीय युवा रोधन पोखरेलले लिंदै सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमलाई सांगीतिक बनाउने काम भने डिजे प्रशान्त, सुसान्त र अनुपले गरेका थिए । अदिति श्रेष्ठ, पोशा घर्ति मगर, कृति ढुंगेल, बियाङ्का अधिकारी, दिलाशा न्यौपाने, सपना गौतम, लाक्पा शेर्पा, बिना श्रेष्ठ, नेलिया गुरुङ, सुशना पोख्रेल, आइषा ओझा, सुजना रुपाखेती, सुकृति ढुंगेल, अन्जिला पौडेल, श्रेया नेपाली, स्वीकृति भट्टराई र सपना महर्जन गरी जम्मा १७ जना मिस नेपाल युएसमा करिव १०० जना बाट छानिएर एक हप्ते प्रशिक्षणमा संग्लग्न भएका थिए।

स्रोत : यूएसएन्डनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *