सागर श्रेष्ठ /सान्-फ्रन्सिस्को – अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हितमा कृयाशिल ब्यक्तित्व लक्ष्मी खरेल थापाको स्वर रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तीजकै भाखामा तयार पारिएको यो तीजको गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने चर्चित गायक तथा संगीतकार नरेन्द्र प्यासीले संगीत भरेका छन ।
क्यालिफोर्नियाको पर्यटकिय नगरी सान्-फ्रान्सिस्कोको बे एरियामा नै छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्रका परिचित युवा अनुहार निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशान गरेका छन । गीतको भिडियोमा नाचको रेखदेख रीमा रे ले सम्हालेकी छन । निर्देशक सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा नेपाली चलचित्रकि चर्चित अभिनेत्री अशिश्मा नकर्मीले मोडलिङ गरेकी छन ।
पवित्र महापुराणमा वाचन प्रविण पोखरेलद्दारा गीतको बिमोचन
नेपाली समुदायले बे एरियामा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ सन्चालित ‘धार्मिक महोत्सव्-२०१८’ को पवित्र अवसरमा महापुराण्को अन्तिम दिन बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेलले यस गीतको म्युजिक भिडियोको आधिकारिक बिमोचन गर्नुभएको थियो ।
सम्पूर्ण रुपमा बे एरियाकै आसपासको सुन्दरतालाई समिटर तयार निर्माण गरिएको यस गीत र भिडियोले हरितालिका तीजमा देश बिदेशमा छरिएर रहेका नेपाली महिलाहरुलाई मनोरन्जन प्रदान गराउने प्रकारको रहेको गायिका खरेल बताउंछिन । ‘प्रवासी जीवनमा संगित आँफैंमा गार्हो कुरा हो, तर ब्यस्तताको मजबुरे हटाउने माध्याम संगित भएकोले आफुले हरितालिका तीजको अवसरमा यो गीत शुरु गरेको र अब निरन्तर संगितमा लाग्ने’ गायिका खरेल बताउंछिन ।
नेपाली चलचित्र क्षेत्रमा सुपरिचित नाम सुरेश दर्पण पोखरेलले ‘अमेरिकामा नेपाली संगितको उत्थानका लागि आफु निरन्तर बे एरियालाई केन्द्र मानेर अघि बढीरहेको बताए । ‘अब निरन्तर लाग्नेछु । निर्देशन मेरो गन्तब्य हो, यसैमा आनन्द छ, माया प्रोडक्शन मार्फत आफ्नो अनुभवको माया नेपाली समाजमा बांड्नु अब मेरो काम हुनेछ ‘ निर्देशक पोखरेल बताउंछन । गीतको भिडियो :