२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १० मा काँग्रेसको प्यानल (मतपरिणाम सहित )

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ५:५४

पोखरा, जेठ ५ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित जारी मतगणना अन्तर्गत १० नम्बर वडामा काँग्रेसको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा काँग्रेस उम्मेदवार राज कुमार गुरुङले निकटतम प्रतिद्धन्द्धी महेन्द्र कुमार गुरुङलाई पराजीत गरेका हुन् । राजकुमारको १ हजार ४ सय ४६ मत पाएका छन् भने महेन्द्रको १ हजार २० मत आएको छ ।
खुला सदस्यतर्फ सम्मर बहादुर श्रेष्ठ र महेन्द्र कुमार गुरुङ, महिला सदस्य निसा मल्ल र दलित महिला सदस्यमा प्रतिभा बिक (पोख्रेल) बिजयी भईन् ।
मेयरमा भने एमाले भन्दा काँग्रेस उम्मेदवार केही पछाडी छन् । एमालेका उम्मेदवार मान बहादुर जिसीको १ हजार २ सय ५९ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ हजार २ सय ३८ मत ल्याए । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडी छिन् । उनले १ हजार ३ सय ६८ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको १ हजार १ सय ५५ मत छ ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१२३८ १३६८ १२५९ ११५५
वडाध्यक्ष १४४६ वडाध्यक्ष ११०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *