२०८१ वैशाख २० गते | 2nd of May 2024

सान फ्रान्सिस्कोमा महापुराणबाट दश लाख डलरको चन्दा संकलन

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ७ गते १९:१२

सान फ्रान्सिस्को – सान फ्रान्सिस्को बे एरियामा हालै सम्पन्न धार्मिक महोत्सवमा त्यहाँ निर्माण हुन लागेको नेपाली कम्युनिटी सेन्टरको लागि १० लाख भन्दा धेरै चन्दा उठेको छ। सो रकम धार्मिक महोत्सवमा सहभागी भक्तजनहरुबाट सँकल्प गरिएको हो। सो अवसरमा आ-आफ्ना हैसियत अनुसार दान प्रदान गरिएका मध्यबाट सर्वाधिक नेजस, नर्दर्न क्यालिफोर्नियाद्दारा एक लाख डलर संकल्प प्राप्त भएको कुरा धार्मिक महोत्सवका सँयोजक तथा एन ए एन सि का वरीष्ठ उपाध्यक्ष इश्वर सिटौलाले बताउनुभयो। अगस्त १२ देखी अगस्त १९ सम्म भएको सो धार्मिक महोत्सवको समापन समारोहमा महावाणिज्यदूत ॠषि ढकाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित सैयौँ व्यक्तिहरुको उपस्थिती थियो। सो धार्मिक महोत्सव वुद्द धर्मका धर्म गुरुहरु तथा वाचन प्रविणको नामले चिनिएका पुराण वाचक वाचन प्रविण दिनवन्धु पोखरेलको नेत्रित्वमा सम्पन्न भएको एन ए एन सि महासचिव प्रितेश कार्कीले बताउनुभयो।

त्यसै गरी स्टेट अफ क्यालीफोर्नियाबाट अनुमती लिई र्याफल टिकट वेची कोष सँकलन गर्ने प्रयास स्वरुप सोही अपरान्ह र्याफल चिट्ठा खोलिएको छ। अत्यन्त सनसानीपूर्ण बातावरणमा खोलिएको सो चिट्ठामा टोयोटा क्याम्री कार २०१८ पाउने भाग्यमानी व्यक्ती क्यास्ट्रो भ्याली निवासी सुनिल धिताल रहेका छन भने दोश्रो पुरस्कार (हीरा को हार वा दस हजार डलर नगद) नवराज थापा र तेस्रो पुरस्कार (रोलेक्स घडी वा पाँच हजार डलर नगद) विवेक श्रेष्ठलाई परेको छ। चौथो पुरस्कार ( सुनको सिक्का वा १२५० डलर नगद) पाउनेहरुमा सङेश श्रेष्ठ राजेन्द्र शेरचन, डिल्ली राज पौडेल तथा सन्जिव प्रधान रहेका छन। टेक्सास अस्टिन निवासी पदम थापालाई शान्तावना (नेपाल जाने आउने टिकट वा एक हजार डलर नगद) परेको छ।

नेपाली कम्युनिटी सेन्टर उत्तर क्यालिफोर्नियाको सर्वाधिक पुरानो र छाता संगठनको रुपमा मानिएको नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया को पहलमा यस भेगका सक्रिय संघ संस्थाहरु नेपाली जनसंपर्क समिती अमेरिका क्यालिफोर्निया, सनी सगरमाथा समाज, मदर ल्यान्ड नेपाल , द ह्वेट जोन, कृयटिभ नेपाल युथ अर्गनाजेसन, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, तथा नेपाल असोसियसन अफ ग्लोबल कोअपरेसन एन ए जि सि रहेको मा हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टर, तामाङ् कोअपरेसन सोसाइटी तथा जम्मा ११ वटा संघ संस्थाहरु सह-संस्थापकको हैसियतमा कार्यरत छन।

सो धार्मिक महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा महोत्सवका सँयोजक तथा एन ए एन सि का बरिष्ठ ऊपाधक्ष तथा बिभिन्न संघ संस्थामा आवद्द वरीष्ठ समाजसेवी इश्वर सिटौला , एन ए एन सि अध्यक्ष रविन्द्र कुमार राइ तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष, पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष सम्मानित समाजसेवी उत्तम कार्कीले वाचन प्रविण दीनवन्धु पोखरेल, उदार चन्दादाताहरु, अहोरात्र खट्ने स्वयम सेवकहरु, संस्थापक संघ संस्थाहरु तथा प्रत्यक्ष अ रुपमा स हयोग पुर्याउने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। यसरी लामो समय देखी देखिएको कम्युनिटी सेन्टरको सपना अब पुरा हुने भएको छ।

नेपाली कम्युनिटी सेन्टरलाई हाँकेर यहाँसम्म पुर्याउने एन सि सि अध्यक्ष उत्तम कार्किको सर्वत्र प्रशंशा भएको छ। यो सपनालाई साकार पुर्याउनका लागि उहाँको नेत्रित्वलाई निरन्तरता दिन पर्ने अधिकाँश सहभागीहरुको माग रहेको छ। नयाँँ नेत्रित्व आउँदा बिकासको गतिमा अलमल हुने हुँदा हाल कार्यरत समिती नै यथावत हुन पर्ने माग सर्वत्र आएको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *