२०८१ साउन १२ गते | 27th of July 2024

काँग्रेस पोखरा नगरसभापति श्रेष्ठको राजीनामा

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ६:२५

पोखरा, ५ जेठ ।
स्थानीय तहको निर्वाचनमा निराशाजनक मत आएको भन्दै पोखरा लेखनाथ महानगर समितिका कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका छन् । निराशाजनक मत आउनुमा आफू पनि जिम्मेवार रहेको भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । आँफै महानगरको सभापति हुँदासमेत वडाध्यक्षमा जित्ने सम्भावना नरहेको र अन्य वडाहरुमा पनि पार्टीले अपेक्षाकृत नतिजा नल्याएपछि उनले राजीनामा दिएका हुन् ।
पार्टीका उच्च नेतृत्वबाट नै घात अन्तर्घात भएकाले पार्टीले चुनावमा अप्रत्यासित नतिजा सार्वजनिक भएको श्रेष्ठको ठहर छ । वडा नम्बर १३ बाट वडाध्यक्षको रुपमा उम्मेदवारी दिएका उनले मतगणना चलिरहँदा बिज्ञप्ती निकालेर राजीनामा दिए । यो मेरो आक्रोसको निर्णय होईन । पार्टीको सांगठानिक शुद्धिकरणका लागि इमान्दारिता देखाएको हुँ, विज्ञप्तीमा भनिएको छ–मलाई नगरसभापति वडाध्यक्षको उम्मेदवार बनाउन सघाउने सबैलाई आभार । पार्टीलाई विनिर्माण, पुनःसंरचना र पुनः गठन गरि काँग्रेसको ऐतिहासिक उचाईलाई प्राप्त गर्न सदैव प्रतिबद्ध छु ।
चुनावमा कम मत आएको भन्दै बिहीबार कास्की क्षेत्रनम्बर १ का राप्रपा उपाध्यक्ष विश्वराज पौडेलले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *