२०८० मंसिर १९ गते | 5th of December 2023

अरब र युकेबाट ब्लड मनिका लागि संकलित दश लाख हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ७ गते २०:२५

साउदी अरब – एघार महिनादेखी साउदी जेलमा बन्दी जीवन बिताइरहेका गोर्खा भिमसेन गाउंपालिका -७ का कुमार राना मगर उद्धारको लागि नेपाल मगर संघ, साउदी अरब शाखाद्दारा संकलित रु ८,६१,७१४ (आठ लाख एकसट्ठी हजार सात सय चौध) र नेपाल मगर संघ युके शाखाद्दारा संकलित रु १,५०,००० (एक लाख पचास हजार) गरि जम्मा रु १०,११,७१४ (दश लाख एघार हजार सात सय चौध ) जम्मा भएको छ ।

प्रवासमा दु:खले पसिना बगाएर बचत गरेको रकमबाट राना मगरको ब्लड मनिका लागि आठ महिनाको अबधिमा नेपाल मगर संघ, केन्द्रिय कार्यालय, कलंकी, काठमान्डौंको नियमित प्रयासका साथमा मगर संघ साउदी अरब र युके शाखाको आठअक प्रयास्सले यती रकम संकलन गर्न सकिएको राना मगर उद्दार समितिका संयोजक तथा खुल्लमन्च डट कमका गल्फ संयोजक ईम राना मगर बताउंछन । 

यस अभियानलाई बढाउन सहयोग गर्नुहुने गोरखा भिमसेन गाउँपालिका अश्राङका टंक राना मगर, मगर संघ केन्द्रिय कर्यालय कलंकी, नेपाल मगर संघ, साउदी अरब शखाका अध्यक्ष युबराज पुन मगर लगायत सम्पुर्ण मगर संघ शाखाका सामाजिक अभियान्ताहरुलाई संयोजक मगरले धन्यवाद दिएका छन ।

संकलित रकम नेपालमा नेपाल मगर संघ, केन्द्रिय कार्यलायको पहलमा हस्तान्तरण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *