२०८१ वैशाख २० गते | 2nd of May 2024

भर्जिनियाको मनाससमा नेपालीहरुसंग भाईस मेयर मार्क एभेनी

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ८ गते १:१६

भर्जिनिया – भर्जिनियाको मनासस् सिटीमा बढ्दै गएका नेपालीहरुले मनासस् सिटी भाईस् मेयर मार्क एभेनी (Marc T Aveni) सित परिचयात्मक कार्यक्रम गरेका छन् । नेपालीभाषीहरुको आवश्यकता र नेपाली ब्यवसायीहरुका समस्यालाई बुझ्नका लागि मनासस् निवासी समाजसेवी ईन्जिनियर प्रेम पौडेलले उक्त कार्यक्रमको खाका बनाएका हुन् ।

कार्यक्रममा डा. कबिता धिमीरे, ईन्जिनियर बेलबहादुर पछाई, ईन्जिनियर ॠषि बराल, ब्यबसायी तथा नेपाल अमेरिका पत्रकार संघ ‘नेजा’का कार्यसमिति सदस्य निदेश अधिकारीले सिटी भित्रका स्कुलहरुको स्तर बढाउन तथा ब्यवसायीहरुलाई कर कटौती गर्नुपर्नेमा जोड दिएका थिए । उक्त अबसरमा ईन्जिनियर मोहन बस्ताकोटी, ईन्जिनियर बोधराज अधिकारी, ब्यवसायी मोहन बानियां, गोपाल रेग्मी, कबिन्द्र लुईटेल, प्रकाश श्रेष्ठ, बिजय रेग्मी, मिलन श्रेष्ठ, शंकर भण्डारी, रमेश श्रेष्ठ तथा सरोजनी श्रेष्ठले सिटी भित्रका आवश्यक बिभिन्न बिषयमा कुरा राखेका थिए ।

कार्यक्रम मनाससस्थित मोहन बानियाद्वारा भर्खरै मात्र संचालनमा ल्याईएको पर्फेक्ट पिज्जामा आयोजना गरिएको थियो । उक्त अबसरमा मनासस सिटीमा नेपालीहरुको प्रतिनिधित्वकालागि समेत पहल गर्ने तथा नेपालको कुनै एउटा गाँउ र मनासस सिटी बिचमा सिस्टर्स सिटीको कन्सेप्टबाट विद्धार्थी आदान प्रदान गर्ने बारेमा सिटीमा कुरा अगाडि बढाउन सक्ने आस्वासन भाईस् मेयर मार्क एभेनी (Marc T Aveni) ले दिए ।

आउदो नोभेम्बर ६ मा हुन गईरहेको चुनावमा मार्क एभेनी (Marc T Aveni) सिटी काउन्सिलमा दोश्रो कार्यकालकालागि चुनाब लड्दैछन् । उक्त अबसरमा उनले नेपाली समुदायको सहयोगको अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *