२०८१ साउन १२ गते | 27th of July 2024

केसी अभियानलाई राज्यले सहयोग गर्नुपर्छ – मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मी

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ९ गते ११:२०

काठमान्डौं – मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानलाई राज्यले नै सहयोग गर्नुपर्ने बताउनु भएको छ । राजधानीमा विहिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले केसीको अभियान राष्ट्रिय पहिचान तथा स्वाभिमानसँग जोडिएकाले सबैले सहयोग गर्नुपर्ने बताउनु भएको हो । केसीको लक्ष्य निर्धारण, एकाग्रता, समर्पण तथा प्रतिबद्धताबाट आफू प्रभावित भएको भन्दै रेग्मीले केसीले नयाँ कीर्तिमान कायम गर्नेमा आफू ढुक्क रहेको समेत बताउनुभयो । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केसीको अभियानलाई कुनै पनि आग्रह पूर्वाग्रह विना सिंगो राष्ट्रिय एजेण्डाको रुपमा लिनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले केसीको अभियानलाई सबै सच्चा नेपालीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । सांसदद्धय हितबहादुर तामाङ, नारायण खतिवडा, शिवपुरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकृष्ण थापा, अभियानका आर्थिक संयोजक रविनप्रसाद थपलिया लगायतले केसीको अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीको गोकर्णेश्वर–५ स्थित इस्टपोल स्कुलमा शुरु हुनेछ । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । 

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनु भएको छ । उहाँले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाउनु भएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ । यस विश्व कीर्तिमाान अभियानको संयोजन न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहनु भएका सामाजिक अभियन्ता कुमार राज सुवेदीले गरिहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *