२०८१ चैत ११ गते | 25th of March 2025

रौतहटको टिकुलियामा डुंगा पल्टिदा ३५ जना बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ९ गते २०:१७

रौतहट – रौतहटको गौर नगरपालिका-४ स्थित लालबकैया नदीको तिकुलिया घाटमा केहीबेर अघि डुंगा दुर्घटना भएको छ। डुंगा पल्टिँदा ३५ जना बेपत्ता भएका छन्। सदरमुकाम गौर नगरपालिकाबाट मानिसहरु घर फर्कने क्रममा बकैया नदीमा सो डुंगा पल्टिएको हो। घटना करिब साँढे ७ बजे भएको थियो। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगिसकेको छ र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ।

बगाएकाहरु भारत पुगेको आशंकामा भारतीय सुरक्षा अधिकारीसित सहयोग मागेका हुन् । घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन् । डुंगा बगाएपछि पौडिएर बाहिर निस्केर ज्यान जोगाउने १२ जना सम्पर्कमा आएको एसपी ढकालले जनाए । बेपत्ता भएकाको संख्या र घट्ना बारे यथार्थ विवरण थाहा हुन सकेको छैन । कसैले डुंगामा ४० जना सबार थिए भनेका छन्, कसैले ५० जना ।

हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ रिजाले जनाए । ‘हामिले लालबकैया नदिको छेउछाउमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौ,’ उनले भने,‘सबैतिर खोज्ने काम जारी छ । सबै साधन स्रोत परिचालन गरिएको छ ।’ बगाएको डुंगा समेत फेला परेको छैन । डुंगामा महिलाहरु पनि सवार रहेको अनुमान छ । सो क्षेत्रमा पुल निर्माण गर्न लागेको तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीय डुंगाबाट नदी आहोर/दोहोर गर्दै आएका छन्। हरेक वर्ष रौतहटमा बकैया नदी र बागमती नदीमा डुंगा पल्टेर ज्यान जाने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *