२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा ११ मा काँग्रेस बिजयी (मतपरिणाम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ७:२९

पोखरा, ५ जेठ ।
पोखरा लेखनाथ महागरपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार मोहन प्रसाद बास्तोलाले प्रतिश्पर्धी एमाले उम्मेदवार देवेन्द्र बास्तोलालाई २ सय २९ मतान्तरले पराजीत गरे । मोहनले १ हजार ७ सय ७८ मत पाउँदा देवेन्द्रको १ हजार ५ सय ४९ मत आयो । खुला सदस्यमा काँग्रेसका राजेन्द्र बहादुर भट्टराई र एमालेका लोकराज आचार्य बिजयी भए । महिला सदस्य तीर्थ कुमारी गुरुङ र दलित महिला सदस्यमा टुकुरा देवी परियार पनि काँग्रेसका उम्मेदवार बिजयी भए ।
११ नम्बर वडाबाट महानगर प्रमुखमा एमाले अगाडी छ भने उपप्रमुखमा काँग्रेसको अग्रता छ । एमाले उम्मेदवार मान बहादुर जिसीले १ हजार ७ सय २३ मत ल्याउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ हजार ७ सय १४ मत ल्याए । उपप्रमुखमा काँग्रेस उम्मेदवार सरस्वति गुरुङले १ हजार ७ सय २९ मत र एमाले उम्मेदवार मञ्जु गुरुङको १ हजार ५ सय ११ मत छ ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१७१४ १७२९ १७२३ १५११
वडाध्यक्ष १७७८ वडाध्यक्ष १५४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *